दाउन्नेमा सुक्खा पहिरो: नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध


नवलपरासी- सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित सडकको बायाँ भागबाट खसेको सुक्खा पहिरोले गर्दा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएका छन्। उनका अनुसार पहिरो हटाउने कार्य भइरहेको भए पनि हालसम्म दुवैतर्फको सवारी सञ्चालनमा आउन सकेको छैन।

सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन दाउन्ने क्षेत्रमा जाममा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले पहिरो हटाउन भित्तो काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जानकारी दिएका छन्।

उक्त क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ। कालोपत्रे सडक खनेर चौडाइ गर्ने क्रममा आज सुक्खा पहिरो खसेको हो। हाल दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर विस्तारको काम भइरहेको छ।

प्रतिक्रिया