म्यानमार ‘कू’ : विराेध प्रदर्शन जारी, थप तीन प्रदर्शनकारी मारिए


यंगुन – म्यानमारमा जारी प्रदर्शकनका क्रममा थप तीन जना मारिएका छन् । म्यानमारको यंगुनमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको हो । अर्का दुई जनाको यंगुन शहर भन्दा केही दूरीमा रहेको प्रदर्शनस्थलमा मारिएका हुन् ।

यंगुन शहरमा मारिने एक पुरुषको टाउकोमा गोली लागि ढलेपछि प्रदर्शन झन चर्केको थियो । प्रहरीले धरपकड गरी गोली प्रहार गर्नुका साथै पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले गुलेली प्रहार गर्दा केही प्रहरी पनि घाइते भएका छ । यसअघि म्यानमारमा सेनाले गरेको हवाई हमलापछि हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डको उत्तरपश्चिमी सीमानामा शरण लिन पुगेका छन् । म्यानमारको सेनाले दुई दिनअघि तीन वटा हवाई आक्रमण गरेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

म्यानमारको सेनाले भने शहर र नगरहरूमा बाहिर ननिस्कन बालबालिकासहित सर्वसाधारणलाई दिएको चेतावनीको वेवास्ता गरेको भन्दै हवाई हमला गरेको दाबी गर्दै आएको छ । म्यानमारमा गत फेब्रुअरीमा सैन्य कू भएयता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४५९ भन्दा बढीको ज्यान गइसकेको छ । एजेन्सी

प्रतिक्रिया