

एसईई र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षकलाई बोर्डको आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षकहरूलाई एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न पुनः अनुरोध गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनमा सहभागी शिक्षकहरूलाई विद्यार्थीको भविष्यलाई ध्यानमा राखी आफ्नो पेसागत उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका हुन् ।
बोर्डले शिक्षकहरूको पेसागत हकहित र सुरक्षाको विषयलाई मान्यता दिँदै त्यससँगै विद्यार्थीको अध्ययन र भविष्य पनि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ ।

