सवारी नियम उल्लंघन गर्ने सय बढी सवारी नियन्त्रणमा


दाङ – होलीको दिनमा सवारी नियमा उल्लंघन गरि सञ्चालन गरिएका एक सय बढी सवारी साधन नियन्त्रणमा लिइएको छ । सोमबार बेलुका ४ बजेसम्म ९० वटा मोटरसाईकल, १३ चालक, ७ अटो र एउटा बस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

ती सवारी चालकले होलीको दिनमा सवारी यिनम उलंघन गरेको पाइएको नियन्त्रणमा लिनु परेको प्रबक्ता रिजालले बताए । मदिरा सेवन गरि सवारी चलाउने, हेलमेट नलगाउने, मोटरसाईलकमा तीन जना बसेर यात्रा गर्नेहरु कारबाहीमा परेको उनले जानकारी दिए ।

होलीलाई लक्षित गरि सोमबार पूर्वपश्चिम राजमार्ग, तुलसीपुर–घोराही सडक खण्ड, तुलसीपुर– अमेलिया– सल्यान सडक खण्ड, तुलसीपुर– हापुरे सडक खण्डको ठाउँ ठाउँमा चेकजाँचको व्यवस्था गरिएको थियो ।

संभावित दूर्घटना हुन नपाओस् भनेर होलीको दिनमा बिशेष निगरानी र चेकजाँच गरिएको प्रहरीले बताएको छ ।अन्य दिन भन्दा ठूलो संख्यामा प्रहरी सडकमा परिचालन भएको थियो ।

प्रतिक्रिया