

सरकार र बिचाैलियाबीच घनिष्ठ सम्बन्ध छः प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् ।
आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे ।
सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए ।
सरकार असंवैधानिक भएको आरोप लगाउँदै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे ।
कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको प्रचण्डको दाबी छ ।

