पूर्वराजा ज्ञानेन्द्रपछि देउवा निवासमा सशस्त्रको नयाँ टिम, फेरियो पुरै टोली


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरीको पुरै टिम फेरिएको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेत सहितको टिमलाई एकाएक फिर्ता बोलाइएको हो ।

अहिले उक्त स्थानमा नयाँ टोली खटाइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवालाई दुई दर्जन सशस्त्रको टोलीले सुरक्षा दिँदै आएको छ ।

सशस्त्र प्रहरीको सिंगो टिम नै फेरिएपछि आशंका उत्पन्न भएको छ । के कारण सुरक्षाको टोली परिवर्तन गरिएको हो त्यो भने खुल्न सकेको छैन ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ खटिएको सशस्त्रको टिम पनि पुरै फेरिएको थियो ।

 

प्रतिक्रिया