

प्रहरीका ७५ सईलाई बरिष्ठ सईमा बढुवा गर्न सिफारिस (सिफारिससहित)

काठमाडौं – नेपाल प्रहरीका ७५ जनालाई वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) पदमा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

