

रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्यान्डिङ’

काठमाडौं — रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गरेको छ ।
लुक्लाका लागि उडेको सिता एयरको उक्त जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको हो ।
उक्त जहाजले फोर्स ल्याण्डिङ गर्दा त्रिभुवन विमानस्थल ५ मिनेट अवरुद्ध भएको जनाइएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए ।
उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । अहिले उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।

