बार्सिलोना युरोपियन च्याम्पियनको सेमिफाइनलमा 


काठमाडौं – स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा बार्सिलोना ४–० ले विजयी भएको थियो । दोस्रो लेगमा ३–१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा उठाउन सफल भएको हो ।

डर्टमन्डको सिंगल इदुना पार्कमा भने बार्सिलोनाले कमजोर प्रदर्शन गर्यो । खेलभर त्यस्ता अवसर बनाउनै सकेन । ठिक उल्टो, डर्टमन्डले भने खेलमा फर्कन निकै प्रयास गरिरह्यो । यद्यपि, टोली पहिलो लेगकै खराब प्रदर्शनले अन्तिम आठबाट माथि बढ्न सकेको छैन ।

 

प्रतिक्रिया