कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सको कीर्तिमानी जित


काठमाडौं — कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले कीर्तिमानी जित निकालेको छ।

इण्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति पञ्जाबले कोलकातामाथि १६ रनको कीर्तिनमान जित निकालेको हो।

पञ्जाबले आइपिएल इतिहासमा अहिलेसम्मको कम स्कोरको रक्षा गर्ने कीर्तिमान बनाएको छ। उसले १११ रन बनाएको थियो।

११२ रनको लक्ष्य पछ्याएको कोलकातालाई पञ्जाबले १५.१ ओभरमा अल आउट गर्दै ९५ रनमा समेट्यो।

त्यसक्रममा युजवेन्द्र चाहलले ४ र मार्को जनसेनले तीन विकेट लिए। जेभियर बार्टलेट, अर्शदीप सिंह र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

पञ्जाबको घातक बलिङमा कोलकाता ओपनर क्विन्टन डिकक ४ रनमा, सुनिल नारायण ४ रनमा, वेंकटेश ऐयर ७ रनमा, रिंकु सिंह ७ रनमा, आन्द्र रसल १७ रनमा र हर्षित राना ३ रनमा आउट भए।

वैभव अरोरा र रमनदीप सिंह शून्यमा आउट भए। अंक्रिश रघुवंशीले बनाएको ३७ रन कोलकाताका लागि सबैभन्दा रन बन्यो।

पहिले ब्याटिङ गरेको पञ्जाबलाई कोलकाताले १५.३ ओभरमा अल आउट गरेको थियो।

त्यसक्रममा कोलकाताका हर्षित रानाले तीन, वरूण चक्रवर्थी र सुनिल नारायणले २/२ तथा वैभव अरोरा र एनरिच नोर्जेले १/१ विकेट लिएका थिए।

पञ्जाबका लागि प्रबशिमरन सिंहले बनाएको ३० रन सर्वाधिक बन्यो। प्रियान्स आर्याले २२, शशांक सिंहल १८ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्।

 

प्रतिक्रिया