प्रतितोला १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो ।

आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया