बसिरकाे शानदार ब्याटिङका बाबजुद नेपाल उपाधिविमुख


काठमाडौं – हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ ।

बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो ।

हङकङमा सम्पन्न चार देश सम्मिलित टी–२० क्रिकेटको फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १७५ रन पछ्याउने क्रममा नेपाल १७१ रनमा अलआउट भएपछि नेपाल ३ रनले पराजित भएको हो ।

नेपालका लागि बसिर अहमद र नन्दन यादवबाहेकका ब्याट्सम्यान चल्न नसकेपछि नेपाल उपाधिबाट बञ्चित भएको हो ।

बसिरले ८० रन बनाए भने नन्दनले १४ बलमा ३७ रन बनाएका थिए ।

यी दुई बाहेक अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि नेपालले उक्त लक्ष्य हासिल गर्न नसकेको हो ।

प्रतिक्रिया