

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

कैलाली- कैलालीको धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ, भने छोरा घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने अन्दाजी २५ वर्षीया बिमला कुँवरको शुक्रवार मृत्यु भएको हो। पानी तान्ने मोटरबाट बिमलालाइ करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएकी बिमलालाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएकोमा उनलाइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो ।
मृतक बिमलाका नाबालक छोरा ३ वर्षीय प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

