

डा. शेखर कोइराला भन्छन्, ‘पूर्वकर्मचारीलाई दिइने नियुक्तिमा कुलिङ पिरियड राख्नुपर्छ’

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीहरूको नियुक्तिमा कुलिङ पिरियड राख्न माग गरेका छन् ।
डा. कोइरालाले अवकाश प्राप्त कर्मचारीहरुलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्त गर्दा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा आइतबार नेता कोइरालाले उच्च पदस्थलाई कुलिङ पिरियड राख्न सके त्यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेष्टलाई कम गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् ।
डा। कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तिमा दुई वर्षको कुलिङ समय राख्नुपर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्टे«ष्टलाई कम गर्न मद्दत गर्दछ ।’

