वीरगञ्जमा सेना परिचालन, एसपीसहित २३ सुरक्षाकर्मी घाइते


पर्सा — पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबीचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो ।

त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रमशः ७०÷७५ राउन्ड अश्रुग्याँस प्रहार गरेको अर्याले जानकारी दिएका छन् । झडपमा १२ सर्वसाधारण घाइते भएका छन् । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।  झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।

 

प्रतिक्रिया