कर्णाली पुलमा सुतेर अनशन


कैलाली – चिसापानी–कुइने सडक निर्माणको माग गर्दै  स्थानीय नेत्र भण्डारीले चिसापानी पुलमा अनशन थालेका छन् ।

स्था दुई वर्ष अगाडि नै ठेक्का सम्झौता भएको यो सडक निर्माणमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि वन विभागले रुख कटानको आदेश नदिएपछि सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । आउँदो असारमा ठेक्काको समायवधि सकिँदै छ ।

७.२ किलोमिटरमा कालोपत्रे सडक निर्माणका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न नसकेको सडक डिभिजन कार्यालयका साइट इन्जिनियर चित्र चौलागाईको भनाइ छ । सडक कालोपत्रे गर्ने खण्डमा ४७२ वटा रुख छन् । १२ करोड ८० लाख रुपियाँमा दिव्यज्योती–शाही जेभीले सडक निर्माणको ठेक्का पाएको छ ।

मन्त्रिपरिषद्ले रुख कटान आदेशका लागि निर्णय गरिसक्दासम्म वन विभागले अटेर गरेर विकासको काम रोकिरहेको अनशन थालेका भण्डारीको आरोप छ । रुख कटानको आदेश आउने वित्तिकै आन्दोलन रोक्ने उनको भनाइ छ ।

प्रतिक्रिया