

हुनेवाला ज्वाईसँग भागिन् आमा, बेहुली बन्ने सपना चकनाचुर भएपछि छोरी फायर

काठमाडाैं- भारतको उत्तर प्रदेशस्थित अलीगढमा एउटा अनौठो र सम्बन्धलाई लज्जित पार्ने घटना घटेको छ । यहाँ एक महिलाले आफ्नी छोरीको हुनेवाला श्रीमानसँग प्रेम सम्बन्ध राख्दै विवाहको केही दिन अघि नै उसैसँग भागेकी छन् ।
यही १६ अप्रिलका दिन उनकी छोरीको विवाह हुने तय थियो । महिलाले जससँग भागिन्, त्यो व्यक्ति उनकी छोरीको हुनेवाला श्रीमान अर्थात् ज्वाई थियो ।
अहिले यस घटनाले सम्पूर्ण परिवारलाई स्तब्ध पारेको छ। छोरी मानसिक तनावमा परेकी छिन् र घरमै ड्रीप लगाएर उपचार भइरहेको छ । पीडित पति जितेन्द्र कुमार अहिले प्रहरी कार्यालयको चक्कर लगाइरहेका छन् र पत्नीलाई फिर्ता ल्याउन माग गरिरहेका छन्।
सासुले दिने गर्थिन् स्मार्टफोन
प्राप्त विवरण अनुसार सासुले आफ्नी छोरीको हुनेवाला श्रीमानलाई केही समयअघि स्मार्टफोन उपहार दिएकी थिइन् । त्यसपछि ती दुईबीच लगातार फोन सम्पर्क बढ्दै गयो । जितेन्द्र भन्छन्, “म जब विवाहको तयारीका लागि गाउँ पुगेँ, तब थाहा भयो मेरी पत्नी त आफ्नो हुने वाला ज्वाइँसँग दिनमा २०–२० घण्टा कुरा गर्ने रहिछिन् । ऊ मेरी छोरीसँग खासै बोल्दैनथ्यो।”
उनी भन्छन्, “मलाई लाग्यो विवाह नजिकिँदै गर्दा मेरी पत्नीले आफ्नो कर्तव्य सम्झन्छिन्, तर अब सबै कुरा स्पष्ट भइसक्यो।”
घरमा १० रुपैयाँसम्म नछोडी भागिन्
छोरीका अनुसार उनकी आमाले सबै पैसा र गहना लिएर घर खाली पारिन् । उनले भनिन्, “अब मलाई आमासँग कुनै सरोकार छैन । मलाई चाहिएको कुरा भनेको उनले लगेका सबै पैसा र सुनचाँदी फर्काइदिनुपर्छ । बाँकी उनी बाँच्छिन् वा मर्छिन्, मलाई केही मतलब छैन ।”
छोरीले भनिन्, “मेरो विवाह १६ अप्रिलमा राहुल (शिवा)सँग हुने थियो । मेरी आमा र राहुलबीच ३–४ महिनादेखि कुराकानी भइरहेको थियो । घरमा जम्मा ३.५ लाख नगद र ५ लाख बराबरको गहना थियो । आमा ती सबै लिएर राहुलसँगै भागिन् । अहिले घरमा १० रुपैयाँ पनि छैन ।”
जितेन्द्रले आफ्ना हुन नसकेका ज्वाइँसँग सम्पर्क गर्न खोजेकाे बताए । तर उसले सुरुवातमा महिलासँग आफू नभएको भन्दै अस्वीकार गर्यो । तर बारम्बार फोन गर्दा अन्ततः रातको १० बजे त्यो व्यक्तिले भने, “तपाईंहरूले उहाँलाई २० वर्षसम्म दुःख दिनुभयो । अब उहाँलाई बिर्सनुहोस् ।”
जितेन्द्रले भने “पुलिसले मेरी पत्नीलाई खोजी ल्याओस् र परिवारको अगाडि ल्याओस् । हामी न्याय चाहन्छौं ।”

