दिउँसै टर्च बालेर सरकार खोज्दै शिक्षक


काठमाडौं- शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरुले आज दिउँसै टर्च बालेर विरोध जनाएका छन् ।

आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने गरी बानेश्वर–बबरमहलमा शिक्षकहरुले मोबाइलको टर्च बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले चाडो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

देशभरबाट काठमाडौंमा केन्द्रीत भई आन्दोलनमा उत्रिएका शिक्षकहरुले यस पटकको आनदोलन निर्णायक हुने बताउँदै आएका छन् । सरकारको कुनै पनि आश्वासनलाई मान्न तयार नरहेको भन्दै आन्दोलन जारी राखेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

प्रतिक्रिया