

आज बल्खुमा राप्रपाको प्रदर्शन, यस्तो छ ट्राफिक डाइभर्सन

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गर्दैछ ।
विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ ।
डाइभर्सन स्थानहरूः
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरूः
त्रिवि गेटदेखी चोभार सडक
सानेपा करिडोर सडक (दुवैतर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडकखण्डमा एक लाइन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडकखण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ ।

