

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ । बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ । बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ ।
आजको बैठकमा गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुनेछ ।

