काठमाडौं महानगरको आग्रह- पालेका कुकुर बिरालाे दर्ता गर्नू


काठमाडौं- काठमाडौं महानगरपालिकाले कुकुर बिरालालाई दर्ता गरेर मात्र पाल्न आग्रह गरेको छ ।

महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न भनेको छ ।

यस्तै काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति/संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण पनि महानगरले अनुरोध गरेको छ ।

null

 

प्रतिक्रिया