सर्वोच्च परिसरभित्र एक लाख फिर्ता माग्दा एउटा वकिलले अर्काको मुखमा हाने मुक्का


काठमाडौं– सर्वोच्च अदालत परिसरमा दुई वकिलबीच नीजि लेनदेनको विषयमा कुटाकुट भएको छ।

अधिवक्त किरण जोशी र प्रमोद गुप्ताबीच कुटाकुट भएको हो। गुप्ताले जोशीको मुखमा मुक्का हानेका छन्। सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटैमा दुई जनाबीच हानाहान भएको प्रत्यक्षदर्शीले बताए।

जोशीले छोरी पढाउन भन्दै गुप्ताले लगेको १ लाख रुपैंया फिर्ता गर्न भनेका थिए। ५ बर्षअघि गुप्ताले उक्त रकम सापटी लगेर नदिएको र पटक–पटक भाग्ने गरेको जोशीको भनाई छ।

सोही विवादमा गुप्ताले जोशीको मुखमा मुक्का हानेका हुन्। जोशी प्रहरी कार्यालय पुगेका छन्।

प्रतिक्रिया