मेक्सिकोमा कोरोना त्रास : ज्यान गुमाउनेको सङ्ख्या तथ्यांकमा देखाइएकाे भन्दा ६० प्रतिशत बढी


मेक्सिको सिटी – मेक्सिकोले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या अध्यावधिक गरेको छ । अध्यावधिक तथ्याङ्क अनुसार मेक्सिकोमा अहिलेसम्म भनिएभन्दा ६० प्रतिशत बढीको कोरोना भाइरसका कारण ज्यान गएको पाइएको छ ।

मेक्सिकोमा तीन लाख २१ हजारभन्दा धेरैको ज्यान गएको अध्यावधिक तथ्याङ्कले देखाएको बीबीसीले जनाएको छ । तथ्याङ्क अध्यावधिकसँगै मेक्सिको कोरोना भाइरसका कारण धेरैको ज्यान जाने देशको सूचीको दोस्रो स्थानमा पुगेको बीबीसीले जनाएको छ ।

तर, वल्ड्रोमिटरले भने मेक्सिकोलाई तेस्रो स्थानमा राखेको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या धेरै छ । अमेरिकामा अहिलेसम्म पाँच लाख ४९ हजार तीन सयभन्दा धेरै ज्यान गएको छ ।

प्रतिक्रिया