ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिटमा सुनुवाइ हुँदै


काठमाडौँ – बालुवाटारस्थित ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट आज(सोमबार) न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासमा एक नम्बर पेशीमा चढेको छ।

न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइ एक वर्ष अगाडि रिट दायर गरेका थिए। तर, पेशीमा चढेर पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्दा नेपाल र भट्टराईको क्याबिनेटले निर्णय गरेको देखिए पनि मन्त्रिपरिषद्को निर्णय अख्तियारको दायरामा नआउने भएपछि दुवै पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाएपछि अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया