

डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ४१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७७ पैसाले बढेको छ । यसअघि आइतबार एक युरोको खरिदमूल्य १४६ रूपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ६३ पैसा तोकीएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३८ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८० पैसा र बिक्रीदर ८६ रूपैयाँ १८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ३० पैसा र बिक्रीमा ९५ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ११ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६५ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

