चितवनका दुई वटा सुधारगृह बन्द गर्न निर्देशन


चितवन- जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको आबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा सञ्चालनमा रहेको मिरा सुधारगृह र सिसाको सुधारगृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।

ती गृहले गृहमन्त्रालयसँगको आबद्धता लिएपछि पुनः सञ्चालन गर्न पाउने उनले बताए । गौतमका अनुसार कार्यालयले जिल्लाका सुधारगृह, पुनःस्थापना केन्द्र र रिकोभरी सेन्टर गरी ११ वटामा अनुगमनसमेत गरेको छ ।

सो क्रममा अधिकांश यस्ता संस्थाले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको उनले बताए ।

 

प्रतिक्रिया