फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक


काठमाडाैं- प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।

यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् । आइतबारको बैठकमा भने सदन चल्नु पर्ने माग गर्दै सत्तापक्षका सांसदहरु पनि विरोधमा उत्रिएका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा बोल्नका लागि समय मागेको जानकारी गराए पनि प्रतिपक्षी दलहरुले आजै उपस्थित हुनु पर्ने माग गरेका थिए ।

विवाद समाधान गर्दै सहमतिको पहलमा अहिले सभामुख घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया