

प्रधानमन्त्री ओलीले बोलाए गणतन्त्रवादी दलहरूको बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले गणतन्त्रवादी दलहरूकाे बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएकाे जानकारीअनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका छन्।
बैठकमा बर्तौलाले सोमबार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग टेलिफोन संवादसमेत भएको जानकारी दिएका छन्।
नेताहरूका अनुसार गणतन्त्रवादी दलहरूकाे साँझ बस्ने बैठकमा मुलुकका समसामयिक विषयमा छलफल हुनेछ। राजावादीहरू सलबलाइरहेका र विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन्।
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख हटाइए यता प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी माओवादीसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन चल्न दिएका छैनन्।

