

नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको हो ।
उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।

