

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध महासंघको विरोध

काठमाडौं – शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो ।
राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत थिए ।
भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो। जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो।

