सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौं-  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार ८०० मा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० कायम भएको छ ।

प्रतिक्रिया