

दौरासुरुवालसहित माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं- माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस पक्राउ परेका हुन् । उनले कुलमान र राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा गरेका थिए ।
उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए । उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।
उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ ।

