सेन्टर प्लाजामा लागेको आगो नियन्त्रणमा


काठमाडौं- सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ।

प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।

आगलागीको कारण खुलिसकेको छैन। तर, आगलागीले थुप्रै धनमाल जलेर नष्ट भएको छ।

प्रतिक्रिया