

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं — संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी खनाल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी छन् ।

