

एएफसी एसियन कपः नेपाल मलेशियासँग २–० ले पराजित

काठमाडौं– नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा फिफा बरियताको १३२ औं स्थानमा रहेको मलेसियासँग २–० ले पराजित भएको छ ।
मलेशियाको सुल्तान इब्राहिम स्टेडियममा सम्पन्न खेलमा नेपालले पहिलो हाफको २९औं मिनेटमा पहिलो गोल खाएको थियो । मलेशियालाई पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको पहिलो हाफमा कुनै टिमबाट पनि अन्य गोल नभएपछि नेपाल पहिलो हाफमा १–० ले पछाडि परेको थियो ।
त्यसपछि खेलको ७१ औं मिनेटमा भएको दोस्रो गोलका साथ मलेशियाले २–० को अग्रता बनाएको थियो । त्यसपछि निर्धारित ९० मिनेटको खेलमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि नेपाल २–० ले पराजित भएको हो ।
नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ ।

