

कालोपुलमा गुठी संस्थानको जग्गामा बनेका अवैध संरचनामा डोजर चल्यो

काठमाडौं- काठमाडौं महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ । महानगरपालिका र गुठी संस्थानको समन्वयमा टहरा भत्काइएको गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार, लामो समयदेखि गुठी संस्थानको जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको थियो ।

