सबैभन्दा धेरै प्रदूषित सहर बन्याे धनगढी


काठमाडौं- कैलालीको धनगढी सोमबार ‘सर्वाधिक’ प्रदूषित बनेको छ । वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १५६ पुगेसँगै धनगढी सबैभन्दा धेरै प्रदूषित भएको हो ।

वातावरण विभागका अनुसार, सोमबार बिहान ११ः३० बजे देशका चार सहर ‘अस्वस्थकर’को सूचीमा छन् । धनगढी एक्यूआई १५६, भक्तपुर १५३, काठमाडौंका शंखपार्क १५३ र रत्नपार्क १५३ सहित अस्वस्थकरको सूचीमा परेका हुन् । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रतिक्रिया