

यी चार निर्माण कम्पनी परे कालोसूचीमा

काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई विभिन्न निकासको सिफारिसमा कालोसूचीमा राखेको हो । ती निर्माण कम्पनीहरुलाई एक देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

