गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु


गोरखा-  गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएर उनी ढलेकाे प्रहरी निरीक्षक ध्रुव शर्माले बताए ।

उनका अनुसार करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया