पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना


काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन् ।

शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ ।

पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया