आजदेखि आईपीएल, कोलकाता र बेंगलुरु भिड्दै


काठमाडौं- विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदै छ ।

नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुने उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् ।

घरेलु मैदानमा अजिंक्या रहानेको कप्तानीमा उत्रने कोलकाता बेंगलुरुलाई हराउने दाउमा छ । बेंगलुरु पनि नयाँ कप्तानका साथ विजयी सुरुवात गर्ने दाउमा छ । यसपटक बेंगलुरुको कप्तानी रजत पटिदारले सम्हाल्नेछन् ।

प्रतिक्रिया