

सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पराजित गरेको छ ।
सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो ।
फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई नेपालले पहिलो पटक हराएको हो । नेपालको जितमा जिलेस्पी जंग कार्कीले गोल गरे ।
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।

