पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना पुष्टि, ९५ जना संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घन्टामा दशेभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १०१ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना संक्रमण पपुष्टि भएको हो ।

यससँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै आज आइतबार ९५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएक छन । हालसम्म देशभर २ लाख ७२ हजार ५ सय ३० संक्रमित उपचारपछि निको भएका छन् ।

आइतवार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म ३ हजार २७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया