नेपाल घुम्न आएका भारतीय नागरिक कालीगण्डकीमा बेपत्ता


पाल्पा- पाल्पाको बगनासकाली-५, राम्दीस्थित कालीगण्डकी नदीमा डुबेर एक जना भारतीय नागरिक बेपत्ता भएका छन् । नेपालमा घुम्न आएका भारतको उत्तर प्रदेश गोरखपुर जिल्लाका २५ वर्षीय शिवम पाण्डे राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

नदीमा डुबेर बेपत्ता भएका पाण्डेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाण्डेसहित भारतबाट घुम्न आएका अन्य तीन जना सकुशल रहेका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया