एसईई परीक्षामा मेटल डिटेक्टर मेसिन प्रयोग


काठमाडौं- डोल्पा जिल्लामा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा(एसईई) मा मेटल डिटेक्टर मेसिन प्रयोग गरेर परीक्षार्थीको जाँच गरिएको छ ।

आजदेखि सुरु भएको परीक्षामा परीक्षमा हलमा प्रभावित पार्ने खालका उपकरणहरु ल्याए/नल्याएको जाँच गर्नका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो ।

जनप्रभा माध्यमिक विद्यालयका केन्द्राध्यक्ष तेजबहादुर गिरिका अनुसार परीक्षा हलमा मोबाइल फोन लगायतका विद्युतीय सामग्री लैजान नपाउन् भनेर जिल्लामै पहलोपटक चेकजाँचका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो ।

विगतमा परीक्षा हलभित्रै मोबाइल प्रयोग भएका घटनाहरु बाहिरिएकाले यसपटक कडाई गरिएको उनको भनाइ छ । जिल्लाबाट यसपटक ७ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया