

अन्ततः ९ महिनापछि पृथ्वीमै आइपुगे सुनिता र बुच

काठमाडौं – अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स अन्ततः पृथ्वीमा फर्किएका छन्।
स्पेसएक्सको अन्तरिक्ष यानले उनीहरुलाई पृथ्वीमा फर्काएको बीबीसीले उल्लेख गरेको छ ।
गत आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेका थिए ।
सुनिता र बुच नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा थिए । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।

