

होली खेल्न गएका २ किशोरी बेपत्ता

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका-५, पतेनीका दुई बालिका होली खेल्न भनी धादिङबेसी गएकामा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा संगीता श्रीमलकी १८ वर्षीया छोरी दुर्गा श्रीमल र सोही स्थानकीे रिंकी मचकोटीकी १३ वर्षीया छोरी सबिना मचकोटी छन्।
उनीहरू दुई बिहीबार होली खेल्न भनी घरबाट निस्किएका थिए।
होलीको दिन फागुन २९ गते दिउँसो १२ बजेतिर घरबाट निस्किएका उनीहरू त्यो रात आफन्तको घरमै बसेको भनी दुर्गाको मोबाइलबाट सबिनाकी आमा रिंकीलाई फोन आएको थियो ।
धादिङ प्रहरीले बेपत्ता दुई बालिकाको हुलियासहित खोजीमा सहयोग गर्न आम नागरिकसँग अपिल गरेको छ।
धादिङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार गहुँगोरो वर्ण करिब ५ फिट उचाइ भएकी दुर्गा श्रीमलले सेतो टिसर्ट र कालो पाइन्ट लगाएको जानकारी आफन्तले गराएका छन्।
यस्तै गहुँगोरो वर्णकै करिब ४.५ फिट उचाइकी १३ वर्षीया सविना मचकोटीले धर्के कुर्ता र कालो पाइन्ट लगाएको आफन्तले बताएका छन्।

