रोनाल्डोको उत्कृष्ट गोलसँगै अल खोलूउदविरूद्ध अल नासर विजयी


काठमाडौं – अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक गोल गरेका थिए । त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया