अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया, अन्तरवार्ता दिन बाँकी ३ जनालाई बोलाइयो
काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष छनोट प्रक्रिया अघि बढेको छ । अध्यक्ष सिफारिस समितिले सूचना निकालेर मंसिर ९ गतेका लागि अन्तर्वार्ता दिन बाँकी रहेका ३ जनालाई बोलाएको छ ।
समितिले चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताको लागि बोलाएको हो ।
गत असोज १८ गतेका अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता हुन सकेको थिएन ।
अध्यक्ष नियुक्त गर्नका सर्टलिस्टमा परेका मध्ये २ जना सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तर्वार्ता दिएपनि ३ जना अन्र्तार्वातामा सहभागी भएका थिएनन् ।