

शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा अनुबन्ध

काठमाडौं- भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन् । कर्णाली याक्सले धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको हो ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको छ । उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।
नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि कीर्तिपुर स्थित त्रिबी मैदानमा हुँदैछ ।

